काठमाडौं । शमी साहित्य प्रतिष्ठान द्धारा आयोजित पुरस्कार अर्पण समारोह–२०७५ भव्यताका साथ गत असोज ५ गते शुक्रबारका दिन सम्पन्न भएको छ । प्रज्ञा प्रतिष्ठानको पुस्तकालयमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा वरिष्ठ संस्कृति विद् जगमान गुरुङ्ग रहनु भएको थियो ।
हेर भिखारी अडि अडि आयो
करुण दृष्टिले नजर उठायो ।
गाढा दुखको मौन प्रकाश ।
झिना आशा-तार बजायो
घाम उज्यालो आँगन पास ।
एक बिन्दुमा गोल खसायो
जीवनको इतिहास ।