पुरस्कार अर्पण समारोह–२०७५ सम्पन्न
काठमाडौं । शमी साहित्य प्रतिष्ठान द्धारा आयोजित पुरस्कार अर्पण समारोह–२०७५ भव्यताका साथ गत असोज ५ गते शुक्रबारका दिन सम्पन्न भएको छ । प्रज्ञा प्रतिष्ठानको पुस्तकालयमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा वरिष्ठ संस्कृति विद् जगमान गुरुङ्ग रहनु भएको थियो ।
शमी साहित्य प्रतिष्ठानले प्रत्येक बर्ष असोज ५ गतेका दिन संस्थाको वार्षिक उत्सव मनाउनुका साथै तीन फरक विधामा सर्व उत्कृष्ट रहेका स्रष्टाहरुलाई नगद पुरस्कार सहित सम्मान पत्र द्धारा सम्मान गर्दै आइरहेको छ । यसै क्रममा यस वर्षको शमि साहित्य साधना पुरस्कार बाट वरिष्ठ कवि बिनोद अश्रुमालि रु १,००,१०१(एक लाख एक सय एक) नगद राशि सहित सम्मान पत्रबाट सम्मानित हुनुभएको छ भने यस बर्षको शमी युवा प्रोत्साहन पुरस्कार युवा वैज्ञानिक सरोज चेपाङ्ग (प्रजा) ले २५,१०१ (पचिस हजार एक सय एक) नगद राशि सहित सम्मान पत्रबाट सम्मानित हुनुभएको छ । साथै यस बर्षको शमी सम–समता लैङ्गिगक अध्ययन पुरस्कार हेराल्ड ईन्टरनेशनल मा.वि टोखा, काठमाडौं की सुश्री प्रिया बानियाँले रु २०,१०१ (बीस हजार एक सय एक) नगद पुरस्कार सहित सम्मान पत्र बाट सम्माति हुनु भएको थियो ।
कार्यक्रममा प्रदिप नेपाल, जगमान गुरुङ्ग, दीनानथ शर्मा, कृष्णहरि बराल, अशेष मल्ल, श्रीओम श्रेष्ठ ‘रोदन’, जया छाङ्छा, विनोद अश्रुमालि लगायतका अन्य थुप्रै वरिष्ठ साहित्यकारहरुको उपस्थिति रहेको थियो ।









