दुइ आँखिभौँ त तयार छन्,
तरबार पो किन चाहियो,
तिमी आफु मालिक भैगयौ,
सरकार पो किन चाहियो ।।१।।
पहरा कडा छ कटाक्षको, हरदम तयार मुहारमा,
घर भन्नु भारि महल न हो,
दरबार पो किन चाहियो ।।२।।
कति चम्किलो छ हँसाइको हिसिमा किरन पनि दाँतको मणि,
मोती, नीर जुहार न हो,
अरु हार पो किन चाहियो ।।३।।