‘शिक्षा र सिर्जना’
नेगालगञ्ज – १२ शिक्षासेवी जीतबहादुर शाहको चौथो कृति ‘शिक्षा र सिर्जना’ ९निबन्ध सङ्ग्रह० यही माघ १२ गते, शनिवारका दिन सार्वजनिक भएको छ ।

शमी साहित्य प्रतिष्ठानबाट प्रकाशित पुस्तक शिक्षा र सिर्जना को विमोचन कार्यक्रम इतिहासमै फरक तरिकाले भएको छ । एकातिर एक सन्तानको विवाह, अर्कोतिर साहित्यिक सन्तानको न्वारन । कस्तो अनुकरणीय संयोग १ प्रदेश नं। ५ र कर्णाली प्रदेशका शिक्षा क्षेत्रका विद्वान, विदुषीहरुको सिर्जनशील जम्काभेट । सबैजना खानपान छाडेर देशको शिक्षा क्षेत्रमा भएका विकृति, विसंगतिबारे चर्चा÷परिचर्चा गरिरहेका छन् । सबैको हातहातमा ‘शिक्षा र सिर्जना’ र ‘बादलभित्रको घाम’ देख्दा शमी साहित्य प्रतिष्ठानले शुरुवात् गरेको पठन संस्कृतिको विकासका लागि पाठक पुरस्कार कोष स्थापनामा मोफसलको उत्साहवद्र्धक योगदान मिलेको कुरा शमी साहित्य प्रतिष्ठानका संरक्षक डोलिन्द्रप्रसाद शर्मा बताउनु हुन्छ । विमोचनकै समय पुस्तक तीनसय थान बिक्री भएकोले प्रकाशन तथा आयोजकलाई नेपाली भाषा, साहित्यमा काम गर्न थप हौसला मिलेको छ ।
प्रदेश नं। ५ का सामाजिक विकास मन्त्री माननीय सुदर्शन बरालले पठन संस्कृतिको खडेरी लागेका बेलामा यो राम्रो थालनी भएको उल्लेख गर्दै सबै क्षेत्रमा क्रियाशील व्यक्तिले पढ्नैपर्नै, उसमा पनि शिक्षा क्षेत्रमा कार्यरतले नपढी नहुने तर अहिले देशमा पठक संस्कृति हराउन थालेकामा चिन्ता व्यक्त गर्नाका साथै लेखकले लेख्दा अध्ययन, अनुसन्धान र विश्लेषण गर्नुपर्ने बताउनु भयो । कर्णाली प्रदेश, प्रदेशसभाका माननीय ठम्बरबहादुर विष्टले शिक्षाबिना समृद्धि र विकास सम्भव नहुने मन्तव्य दिएर पुस्तकको महिमालाई उजिल्याइदिनुभयो । दस हजार पाँच सय प्रति प्रकाशित शाहको ‘शिक्षा र सिर्जना’ बिक्रीको रकमबाट शिक्षामा अध्ययन, अनुसन्धान गर्नेलाई वार्षिक शोधवृत्ति प्रदान गर्ने सुन्दर प्रस्ताव आएको छ ।





