
काठमाडौं । डोलेन्द्र प्रसाद शर्माको पहिलो पुस्तक ‘बादलभित्रको घाम’ लोकार्पण गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजनाकाबीच सताब्दी पुरुष सत्यमोहन जोशीले पुस्तकको विमोचन गरेका छन् ।
समी साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न पुस्तक लोकार्पण कार्यक्रममा साहित्यकार तथा लेखकहरुको उपस्थिति रहेको थियो । ‘बादलभित्रको घाम’ निबन्धको सत्यमोहन जोशीसँगै पाँच वर्षीया बालिका रोजिना सुनार पनि विमोचन कार्यक्रममा सरिक भईन् ।
बादलभित्रको घाम निबन्ध शर्माको पहिलो कृति हो । सो पुस्तक समी साहित्य प्रतिष्ठानबाट प्रकाशन गरिएको छ । तीन वर्ष लगाएर लेखिएको पुस्तकमा १८ वटा निबन्ध रहेका छन् । पुस्तक लोकार्पण समारोहमा शर्मा निकै भावुक हुँदै यो आफ्नो पहिलो कृति भएकोले एकपटक सबैलाई पढ्न आग्रह गरे ।
कार्यक्रममा राजेश खनाल, प्रकास शिलवाल, मुमिला जोशी लगायत पत्रकार तथा साहियकारहरुले निबन्ध वाचन गरेका थिए । जीवनमा भोगेको दुख, पीडा, चुनौतीहरुलाई समेटिएको यो निबन्धलाई लेख्दै र पढ्दै जाँदा कैयौ पटक आफू नै रोएको लेखक शर्माको भनाई छ ।