प्रतिष्ठानमा नयाँ नेतृत्व
काठमाडौं । शमी साहित्य प्रतिष्ठानको चौथो वार्षिक साधारणसभाले साहित्यकार एवं राजनीतिज्ञ प्रदीप नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

नव निर्वाचित कार्य समिती
स्थाको उपाध्यक्षमा श्रीओम श्रेष्ठ ‘रोदन’, सचिवमा डा. लक्ष्मणप्रसाद गौतम, कोषध्यक्ष्यमा सुमित्रा महर्जन डङ्गोल र सदस्यहरुमा माया ठकुरी, अशेष मल्ल, गोपाल अश्क, राजेश खनाल र उषा ठाकुर चयन हुनुभएको छ । सभाले राइटर्स क्लब स्थापना, सस्थाका लागि आपत्कालीन कोष स्थापना, कृति तथा पत्रिका प्रकाशन, प्रशिक्षण तथा सभा सम्मेलन लगायतका कार्ययोजना पारित गरेको छ ।
नेपाली भाषा, साहित्य, कला र संस्कृतिको जगेर्ना एवं सम्बद्र्वन गर्ने उद्देश्यले वि.स. २०७१ असोज १ गते यस संस्थाको स्थापना भएको हो । यस संस्थाका संरक्षक डोलिन्द्रप्रसाद शर्माले नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै संस्थालाई राष्ट्रिय तथा अन्तर्राष्«िटय रुपमा स्थापित गर्ने गरी काम गर्न शुभकामना दिनुभएको थियो ।





